काठमाडौं – नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशीले बिहीबार विवाह गर्दै छन्।

अहिले उनीहरुको विवाहको तयारी भव्य रुपमा भइरहेको छ। मंगलबार प्रियंकाको मेहेन्दी र संगीतको आयोजना भएको हो।


प्रियंकाले मेहेन्दी लगाउनका लागि हरियो पहिरन रोजेकी थिइन् भने आयुष्मानले पनि प्रियंकाको नामको मेहेन्दी लगाएका थिए ।


सामाजिक सञ्जालनमा उनका तस्वीर यतिबेला भाइरल बनेका छन्। प्रियंकाले केही तस्वीरहरु सामाजिक सञ्जाल इंस्टाग्राममा पोस्ट गरेकी छिन्।

मंगलबार दिउँसो मेहेन्दीको कार्यक्रम भएको थियो भने बेलुकादेखि सुरु भएको संगीत कार्यक्रम मध्य रातीसम्म चलेको थियो।

उनको संगीत कार्यक्रममा नायिका केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, वर्षा राउत, नायक संजोक कोइराला, आशिरमान देशराज श्रेष्ठ जोशी, पूर्व मिस नेपाल जेनिसा मोक्तानलगायतका कलाकार उस्थित थिए।




