logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो देखिए बेहुला–बेहुली बन्दा ‘आयंक’ जोडी


अंकुरण खबर
1.963K
Shares

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले आज सामाजिक परम्परा अनुसार बिबाह गरेका छन् ।

उनीहरुको बिबाह अहिले काठमाडौंको एक होटलमा चलिरहेको छ । हिजो मात्र उनीहरुले कानुनी रुपमा बिबाह गरेका थिए । तर, उनीहरुले आज परम्परा अनुसार बिबाह गरेका हुन् ।

बिबाहमा केही चलचित्रकर्मी, उनीहरुका आफन्त र परिवार उपस्थित छन् । प्रियंका र आयुष्मानको बिहेपश्चात आज नै बेलुकी पार्टीको समेत आयोजना गरिएको छ ।

केही बर्ष प्रेम सम्बन्धमा रहेपछि उनीहरुले बिहे गरेका हुन् । उनीहरुको बिहे अगाडि मेहेन्दी, संगीत सेरेमोनी आयोजना गरिएको थियो ।