भारतका चर्चित र्यापर आरसीआर नेपाल आउने भएका छन्।
र्यापसँग सम्बन्धित भारतीय रियालिटी सो ‘हसल’बाट ख्याती कमाएका आरसीआरको नाम रोहित कुमार हो। आरसीआरलाई भारतमा बास्तविक र्यापरको उपमा दिइन्छ।
उनले आफ्नो फेसबुक पेजमा यसै हप्तको शनिबार आफू काठमाडौं आउने बताएका छन्।