logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अक्षय र कट्रिना अभिनित फिल्म ‘सूर्यवंशी’ को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)


अंकुरण खबर
1.3K
Shares

पछिल्लो समय निकै चर्चामा रहेको अक्षय कुमार र कट्रिना कैफ अभिनित फिल्म ‘सूर्यवंशी’ को ट्रेलर आज (सोमबार) सार्वजनिक भएको छ ।

छाँयाकनका बेला देखि नै ‘सूर्यवंशी’बारे निकै चर्चा हुँदै आएको छ । रोहित शेट्टीद्वारा निर्देशित यो फिल्मको ट्रेलर आज सार्वजनिक भएको हो ।

फिल्मको ट्रेलर सार्वजनिक हुनु एकदिन अगाडि अर्थात् हिजो अक्षय कुमारले एउटा मोशन पोस्टर पनि शेयर गरेका थिए । आतंकवादी आक्रमण र प्रहरीको कथा समेटिएको ‘सूर्यवंशी’ प्रति आफ्ना प्रशंसकलाई उत्साहित गर्न अक्षयले मोशन पोस्टर ट्विटरमा शेयर गरेका हुन् ।

‘सूर्यवंशी’मा रणवीर सिंह र अजय देवगन पनि देखिने छन् । फिल्मको मुख्य भूमिकामा भने कैफ र कुमारसहित जेकी श्राफ, गुलशन ग्रोवर र सिकन्दर खेर देखिने छन् । फिल्म २४ मार्चमा रिलिज हुने छ ।

 हेर्नुहोस् ट्रेलर