काठमाडौं – लोकप्रिय गायिका अञ्जु पन्तको स्वरमा रहेको नयाँ गीत ‘एक्लै छु म’ सार्वजनिक भएको छ ।
उक्त सार्वजनिक गीतको भिडियोलाई एबी एस म्युजिकको यूट्यूब च्यानल मार्फत बजारमा ल्याईएको हो । गीतमा प्रशान्त पौडेलको शब्द तथा सङ्गीत रहेको छ । उक्त गीतको भिडियोलाई विशाल निरौलाले एरेन्ज गरेका छन् ।
गीतको भिडियोमा अभिनेत्री वर्षा राउत र मोडल रामबाबु देखिएका छन् । देवेन्द्र पाण्डेको निर्देशन रहेको गीतको भिडियोलाई उत्सव दाहालको छयाँकन रहेको छ । प्रबन्धक दिपेन गौतमको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।