logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फिल्म ‘चपली हाइट ३’ को टिजर सार्वजनिक (टिजर सहित)


अंकुरण खबर
1.833K
Shares

फिल्म  ‘चपली हाइट ३’को ट्रेलर सार्वजनिक भएको छ। चैत २८ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्रको शुक्रबार टिजर सार्वजनिक गरिएको हो।

अर्जुन कुमारको निर्माण रहेको ‘चपली हाइट ३’लाई निकेश खड्काले निर्देशन गरेका हुन्। चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी शीर्ष भूमिकामा छन्।

त्यस्तै प्रतीकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी वर्देवा, लोकेन्द्र लेखक लगायतको पनि अभिनय छ। आकाश वरालको लेखन रहेको चलचित्र सस्पेन्स थ्रिलर जनरामा निर्माण गरिएको हो।

यस अघि फिल्मको एक गीत ‘चारानाको मसला’सार्वजनिक भैसकेको छ जसलाई दर्शकले मन पराएका छन् ।

https://youtu.be/ZMmNPIWAU6g