logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आँचल र उदिप विवाह बन्धनमा बाँधिदै


अंकुरण खबर
3.536K
Shares

काठमाडौं – नायिका आँचल शर्मा र उनका प्रेमी डाक्टर उदिप श्रेष्ठ आज विवाह बन्धनमा बाँधिदैछन्। उनीहरुले १ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन्।

उनीहरुको विवाह काठमाडौंको पाँच तारे होटलमा हुँदैछ।  विवाहलाई विशेष बनाउनका लागि उनीहरु केही दिनदेखि तयारी गरिरहेका थिए। विवाह अगाडि उनीहरुको संगीत, मेहेन्दी समारोहको आयोजना गरिएको थियो।

आँचल र उदिपले हातमा एक अर्काको नाम लेखेका छन्। यी दुइको बिहेमा आफन्त, साथीभाइ र सिमित चलचित्रकर्मीलाई मात्र निमन्त्रणा गरिएको छ । आँचल र उदिपले चैत्र १ गते भने काठमाडौंको पाँच तारे होटलमा पार्टीको आयोजना गरेका छन्।