logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उदित नारायण झाको निवासमा निरुता र बिपनाको मस्ती


अंकुरण खबर
4.862K
Shares

समकालिन अभिनेत्रीद्वय निरुता सिंह र बिपना थापाको भारतको मुम्बईमा भेट भएको छ । गायक उदित नारायण झाको निवासमा निरुता र बिपनाको भेट भएको हो ।

बैबाहिक समारोहमा सरिक हुन मुम्बइ जाँदा उदितनारायण झाको निवासमा निरुतासँग भेट भएको बिपनाको भनाई छ । मुम्बइको झा निवासमा खिचिएका तस्बिरहरु बिपनाले आफ्नो फेसबुकमार्फत सेयर गरेकी छिन् ।

बिपना बिहे गरे पश्चात परिवारसहित भारतको मथुरा राज्यमा बस्दै आइरहेकी छिन् भने निरुता मुम्बइमै बस्छिन् । बिपना बेलाबखत माइती आइरहन्छिन् भने निरुता पनि बेलाबेला कार्यक्रमहरुका लागि नेपाल आइरहेकी हुन्छिन् ।