logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पूर्व मिस नेपाल उषा खड्गीले वैवाहिक सम्बन्ध तोड्दै


अंकुरण खबर
1.261K
Shares

पूर्व मिस नेपाल तथा मोडल उषा खड्गीले वैवाहिक सम्बन्ध विच्छेद निर्णय लिएकी छिन् ।

उनले एक टेलिभिजनसँगको कुराकानीमा जीपी तिमल्सिनासँगको वैवाहिक जीवन तोड्ने निर्णय गरेको बताएकी हुन् ।

आफू शारीरिक र मानसिक रुपमा नै दुर्व्यवहारमा परेको बताउँदै खड्गीले अब एकसाथ अगाडि बढ्न नसक्ने उल्लेख गरेकी छिन् ।

खड्गीले फेसबुकमा पनि आफूले शारीरिक र मानसिक यातना सहनु परेको लेखेकी छिन् । उनले फेसबुकमा लेखेकी छिन् ‘यदि तपाईंले विवाहको १७ वर्षपछि पनि शारीरिक र मानसिक यातना सहनुपर्छ भने यसलाई निरन्तरता दिन कुनै आधार छैन । अब म भन्छु ‘नो’ ।’

जीपी तिमल्सिना र उषा खड्गीबीच १९ वर्षअघिको चिनजान हो । सन् २००० मा मिस नेपाल बन्नुअघि नै यी दुई प्रेममा थिए । २ वर्ष रिलेसनसिपमा बसेपछि उनीहरूबीच बिहे भएको थियो । यी दुईको अन्तरजातीय विवाह हो । हाल उषा र जीपीबाट एक छोरा र एक छोरी छन् ।