logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आँचलको भावुक स्टाटस : हरेक केटीले जीवनमा एकपटक बिबाहको सपना बुन्छन्, जुन म बिपना मै भोगिरहेछु


अंकुरण खबर
3.159K
Shares

चलचित्र ‘नाई न भन्नु ल ४’  बाट नेपाली चलचित्रमा डेब्यु गरेकी नायिका आँचल शर्माले गत फागुन २९ गते प्रेमी उदिप श्रेष्ठसँग बिबाह गरिन् । आँचल र उदिपले फागुन १३ गते टिकाटालो गरे भने चैत १ गते उनीहरुले रिसेप्सन पार्टी दिए ।

उनको बिहे पार्टी सामाजिक संजाल र नेपाली मिडियामा सर्वाधिक चर्चित बन्यो । विशेषगरि, हेलिकप्टरमा होटल पुगेका आँचलले लगाएको १६ लाखको लेहेङ्गा र ६० लाखको गहनाको चर्चा सामाजिक संजालमा व्यापक छ । तर, यही विचमा आँचलले भने विवाहका तस्वीर आफ्नो फेसबुकमा सार्वजनिक गर्दै भाबुक स्टाटस पोस्ट गरेकी छिन् ।

हेर्नुहोस्, यस्तो छ नायिका आँचलको भावुक स्टाटस :

‘हरेक केटीले आफ्नो जीवनमा कम्तीमा एकपटक आफ्नो बिबाहको सपना बुन्छन् । यस्तै, सपना बुन्ने केटीले भर्खरै आफ्नो राजकुमार पाएकी छिन् । जसले आफ्नो सपनाको बिषयमा अन्य मानिसको धारणा भन्दा पर रहेर आफ्नो सपनामा विश्वास गर्न सिकेकी छिन् । यसरी नै आफ्नो जीवनकालमा समय बिताउन पाओस जुन म बिपना मै भोगिरहेछु ।’

उनले आफूहरुको ‘ड्रिम इभेन्ट’ लाई विशेष बनाउन साथ दिने सम्पूर्णलाई धन्यवाद पनि दिएकी छिन् ।