logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकन आइडलमा फेरि दिवेस पोखरेलको धमाकेदार प्रस्तुती, भए टप २० मा छनौट


अंकुरण खबर
1.274K
Shares

अमेरिकन आइडलमा दमदार प्रस्तुती दिदै आएका नेपाली मुलका नागरिक दिवेश पोखरेल शोको टप २० मा छनौट भएका छन्।

स्टेजमा आर्थर गन नामबाट चिनिने दिवेशको टप २० मा छनोट हुने प्रस्तुती हेर्न उनको पूरै परिवार पुगेका थिए । दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आइरहेका छन् ।

उनी ५ वर्षअघि नेपालबाट अमेरिका गएका हुन् । दिवेशले आफ्नो फेसबुकमार्फत पेज लाइक तथा शेयर गरेर आफूलाई फलो गर्न सबैमा अपिल पनि गरेका छन्। किनकी दिवेशलाई अबको यात्राका लागि सामाजिक संजालमा फलोअरको आवश्यक पर्नेछ।

यसका लागि अमेरिकन आइडलले उनलाई एउटा फेसबुक पेज पनि दिएको छ। यही पेजमा फलोअरको संख्याले उनलाई केही अंक प्राप्त हुनेछ र उनी अर्को राउण्डसम्म पुग्न सहयोग पुग्नेछ।

https://youtu.be/46P8QcMq2QQ