logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाली अभिनेत्री मरिस्का पोखरेलले गरिन इन्गेजमेन्ट


अंकुरण खबर
3.289K
Shares

नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री तथा मोडल मरिस्का पोखरेलले प्रेमीसँग इन्गेजमेन्ट गरेकी छिन्।

उनले अष्ट्रेलियामा बस्दै आएका प्रेमीसँग इन्गेजमेन्ट गरेकी हुन्। २ वर्ष लामो प्रेमसम्बन्धलाई उनीहरुले इन्गेजमेन्टमा परिनत गरेका हुन्। उनीहरुले एक साताअघि अष्ट्रेलियामा नै औँठी साटासाट गरेका थिए ।

उनले कोरोनाभाइरसको रोकथामको लागि गरिएको लकडाउनलाई मध्यनजर गर्दै प्रेमीसँग इन्गेजमेन्ट गरेकी हुन्। चलचित्र ‘के म तिम्रो हैन र’ बाट अभिनय यात्रा सुरु गरेकी मरिस्काले चपलिहाइट २, लम्फु, पण्डित बाजेको लौरी, मिस्टर भर्जिन, साली कस्को भेनाको, शिरफूल लगायतका चलचित्रमा अभिनय गरिसकेकी छिन्।

उनले सालको पात तपरी लगायतका चर्चित गीतमा पनि मोडलिङ गरेकी छिन्।