logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाली गायक दिवेश अमेरिकन आइडलको उत्कृष्ट १० मा पुग्न सफल


अंकुरण खबर
1.586K
Shares

नेपाली गायक दिवेश पोखरेल चर्चित सांगीतिक रियालिटी सो ‘अमेरिकन आइडल’ को उत्कृष्ट १० मा पुग्न सफल भएका छन्।

पोखरेल जोन डेन्भरको ‘टेक मी होम, कन्ट्री रोड्स’ बोलको गीत गाएर आइडलको १८औं सिजनमा शीर्ष १० मा पुगेका हुन्।

उनले आफूलाई भोट गर्ने सबैलाई धन्यवाद दिएका छन्। ‘सुरुदेखि नै मलाई साथ दिनुभएकोमा सबैलाई धन्यवाद! म शब्दमा बयान गर्न सक्दिनँ, म कति आभारी छु विश्वभरबाट दिनुभएको यो अपार साथका लागिु, उनले फेसबुकमा लेखेका छन्, ‘भोटिङ गरिदिनुभएकोमा धन्यवाद!’

कोरोना भाइरसका कारण सबै प्रतिस्पर्धीले घरघरबाटै प्रस्तुति दिएका थिए।

‘तिम्रो प्रस्तुति र तिमीसँग म आफैं जोडिएको अनुभव गरें मैले, एकदमै राम्रो!’ उनको प्रस्तुतिपछि निर्णायक केटी पेरीले भनिन् । उनले यसअघि भने दिवेशलाई क्यामेरामा हेरेर गीत गाउन सल्लाह दिइरहन्थिन्। यस पटक दिवेशले क्यामेरामा हेरेर गीत गाएका थिए।

काठमाडौंमा जन्मिएका दिवेश पाँच वर्षअघि अमेरिका गएका हुन्। उनी हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आइरहेका छन्।  दिवेशले ‘अर्थर गन’ को उपनामबाट गाउँदै आएको बताएका छन्। एजेन्सी