logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मनिषाको ट्विटमा के थियो त्यस्तो, जसले सिंगो भारतलाई नै हल्लायो


अंकुरण खबर
2.184K
Shares

बलिउड फिल्म जगतकी चर्चित अभिनेत्री, नेपाली चेली मनिषा कोइराला यतिवेला भारतीय मिडियाको तारो बेनकी छिन् । नेपाल भारत सिमा विवाद उत्कर्षमा पुगेको बेला मनिषाले नेपालका परराष्टमन्त्री प्रदीप ज्ञवालीको एक ट्विट रि-ट्विट गर्दै गरेको एक कमेन्टका कारण भारतीय मिडियाहरु उनीमाथ खनिएका हुन् ।

मन्त्री ज्ञवालीले यही मे १८ तारिखमा ‘लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय, आधिकारिक नक्सा भूमिव्यवस्था मन्त्रालयले छिटै सार्वजनिक गर्दैछ’ भन्ने ट्विट गरेका थिए ।

उक्त ट्विटलाई अभिनेत्री मनिषाले रि–ट्विट गरेकी थिइन् । उनले रि–ट्विट क्याप्सनमा यति मात्र लेखेकी छिन् कि, ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद, अब हामी तीन महान देशहरूबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं ।’

मनिषाको यो ट्विटसँगै भारतीय मिडियाहरुले मनिषा कोइराला खाती हे भारत में, लेकिन गाना गाती हो नेपालको । मनिषाको भारतीय जनताने प्यार दिया, नाम दिया, सुपरस्टार बनाया, पैसा दिया लेकिन मनिषाने क्या दिया? भन्दै मनिषाको विरुद्धमा भारतीय मिडियाहरु धारा प्रवाह रुपमा खनिएका छन् ।

हेरौं मनिषाको ट्विटर पोष्ट: