नेपाली नायिका वर्ष राउत आफ्नो विवादास्पद अभिव्यक्तिका कारण विवादमा आएकी छन् ।
भारतले नेपालको भूभाग अतिक्रमण गरेको विषयमा सिंगो नेपाली एकजुट भइरहेका बेला नायिका राउतले भने विवादास्पद अभिव्यक्ति दिएपछि विवादमा आएकी हुन ।
राउतले कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा भारतसंग नेपालले टक्कर लिदाँ आफुलाई अप्ठेरो परेको बताएकी छिन् । एक भिडियो जारी गर्दै राउतले नेपाल–भारतका पत्रकारले सीमाको विषयलाई लिएर अनावश्यक पैचार गर्दा आफूलाई समस्या भएको बताइन्।
उनले भूमिको समस्या दुई देशको राजनीतिको विषय भएकाले नेपाल र भारत सरकारले समाधान गर्नु पर्ने सुझाव दिएकी छन् । उनले भनेकी छिन्, ‘भुमिको विषयमा नेपालले मेरै भूमी भनेर झगडा गर्नुभन्दा पनि नेपाल र भारत सरकारले समाधान गर्नु पर्छ, दुई देशका पत्रकारहरुले यसलाई झगडा बनाउँदा मैले मेरा भारतीय साथिहरुसँग कसरी फेस् गर्न र भारतीय मेरा साथीले मसंग कसरी फेस् गर्ने के ?’ उनको विवादास्पद अभिव्यक्तिविरुद्ध सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।
उनको यो भिडियो क्लिपलाई लिएर सामाजिक सञ्जालमा गालीको वर्षा सुरु भएको छ। एक सामाजिक सञ्जाल प्रयोगकर्ता लेख्छन्, ‘यहाँ देशको छ चिन्ता, तिमी साथी साथी भन्छ्यौ।’