logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अभिनेत्री वर्षाको स्पष्टिकरण : ‘मेरो जिब्रो चिप्लियो, अब बोल्दा हेक्का राख्छु’


अंकुरण खबर
1.157K
Shares

नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिको चौतर्फी विरोध भएपछि नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री वर्षा राउतले क्षमा मागेकी छिन् ।

उनले सामाजिक संजालबाट स्पष्टिकरण दिदै अब बोल्दा हेक्का राखेर मात्र बोल्ने बताएकी हुन । नायिका राउतले सामाजिक सञ्जालमा आएका भद्दा गालीले आफूलाई भावनात्मक ठेस पुगेको बताएकी छन् ।

उनले लिम्पियाधुरा, लिपुलेक र कालापानीसम्मको भूमिलाई समेटेर नक्सा जारी गरेर नेपाल सरकारले जुन कर्तव्यनिष्टता देखाएको र आफू त्यसको समर्थनमा अग्रपङ्क्तिमा उभिन तयार रहेको बताएकी छन् ।

उनले आफूले गल्ती बोलेकाले आइन्दा बोल्दा विचार पुर्याउने बताएकी छन् । उनले लेखेकी छन्, ‘मैले प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोलेका केही शब्दमा हेक्का नभएकाले केही गल्ती बोलेँ होला जसको सन्दर्भ टेढिएर गलत अर्थ लागे होलान् । यस्तो परिस्थिति खडा भएकामा म क्षमाप्रार्थी छु र अब-आइन्दा यसरी बोल्दा पक्कै हेक्का राख्छु ।’