अभिनेत्री रेखा थापाले पनि रुकुमपश्चिम घटनाका दोषीमाथि कारबाही र पीडितलाई अबिलम्ब न्यायको माग गरेकी छन् ।
तर, उनले यस घटनामा जोडिएको किशोरी (सुष्मा मल्ल ठकुरी) को समाजिक सञ्जालमा चरित्रहत्या गर्ने खालका र नारी अस्मिताको धज्जी उडाउने काम भएकोमा दुःख व्यक्त गरेकी छन् । यस प्रकारको क्रियाकलापले उत्पीडित वर्गमाथि प्रहार भएको उनको भनाई छ ।
थापाले फेसबुकमार्फत स्टाट्स लेख्दै, समाजविरुद्ध अन्तर्जातिय प्रेम गर्ने सहास भएकी बालिकाको चरित्रहत्या गरेर न्याय हुन्छ त ? यसले जातिवादी सोचलाई झन् धेरै बालबालिकामा स्थापित गर्ने रेखाको जिकिर छ ।
दोषी ठहर भए किशोरीलाई कारबाही हुनुपर्ने बताउँदै अभिनेत्री थापाले दोषी वा निर्दोषको किटान नहुँदै १७ वर्षिय किशोरीलाई मानसिक र सामाजिक उत्पीडनमा पार्न नहुने बताएकी छन् । उनको यो भनाईप्रति कतिले समर्थन जनाएका छन् भने कतिले रेखाकै विरोध गरेको पाइएको छ ।
यस्तो छ अभिनेत्री रेखा थापाको स्टाट्स: