बलिउडका धेरै कलाकारहरुको एक अर्काको सम्बन्ध निकै राम्रो छ ।
तर बलिउडमा यस्ता कलाकार पनि छन् जुन लामो समयदेखी एक अर्कामा बोलेका पनि छैनन् । यस्तै बलिउड अभिनेत्री श्रदा कपुर र अभिनेत्री आलिया भट्ट पनि एक अर्कामा बोल्दैनन् ।
उनीहरुबीच विभिन्न कारणले बोलचाल छैन । भारतिय मिडियाका अनुसार उनीहरु एक अर्कामा नबोल्नुको कारण अभिनेता सिदार्थ रहेको बुझिन्छ । मिडियामा आलियालाई श्रद्धा र सिदार्थको नजिकपन मन नपरेका कारण श्रद्धा र आलियाको सम्बन्ध बिग्रीएको बताइएको छ ।
श्रद्धा र सिद्धार्थलाई एक नयाँ फिल्मको अफर आएपछि आलियाले सिद्धार्थलाई श्रद्धासँग फिल्ममा नखेल्न भनेकी थिइन् । तर फिल्म एक भिलेनमा दुवैको सम्बन्ध बढ्न सक्ने सम्भावनाले गर्दा आलिया श्रद्धासँग नबोलेको बताइन्छ । एजेन्सी