मनोरञ्जन

नायिका निरिशा बस्नेतलाई कोरोना संक्रमण

नेपाली फिल्म ‘जानी नजानी’ मा अभिनय सुरु गरेकी नायिका निरिशा बस्नेतलाई कोरोना संक्रमण देखिएको छ ।

निरिशा यतिबेला मुम्बइमा छिन् । कोरोना पोजिटिभ रिपोर्ट आएपछि उनी अस्पतालमा उपचार गराइरहेकी छिन् । उनी मुम्बईको कोकिला अस्पतालमा उपचार गराइरहेको बताइएको छ ।

उनले आफु निको हुँदै गरेको बताएकी छिन् । कलाकार विश्व बस्नेतकी छोरी निरिशाले भारतमा रहेर विभिन्न सिरियलमा काम गरिरहेकी छिन् । फिल्म जानी नजानीमा अभिनय गरेर निरिशा मुम्बई फर्किएकी हुन् ।

Comment here