logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दुर्गेश थापालाई लाग्यो गीत चोरीको आरोप


अंकुरण खबर
1.43K
Shares

चर्चित गायक तथा मोडल दुर्गेश थापामाथि गीत चोरी गरेको आरोप लागेको छ ।

गएको बिहिबार युट्युबमा सार्वजनिक भएको गायक थापाको नयाँ गीत ‘बीच्च बीच्चमा २’मा चोरीको आरोप लागेको हो ।

उक्त गीत लोककवि अली मियाँको ‘आकाशमा बादलु डम्मै छ, मनमा के छ भन्नेलाई सम्मै छ’ भन्ने बोलको गीतसँगको अन्तरा मिल्ने बताइएको छ ।

यता गायक दुर्गेश थापाले भने उक्त अन्तरा गाउँमा सुनेको आधारमा प्रयोग गरेको बताएका छन् ।

यसअघि पनि दुर्गेश  ‘ह्याप्पी तिहार’ बोलको गीतबाट विवादमा आएका थिए ।