logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मौलिक तीज गीत ‘संगिनी’ सार्वजनिक (भिडियो सहित)


अंकुरण खबर
3.146K
Shares

हिन्दु नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ । हरितालिका तीजको अवसरमा नयाँ-नयाँ तीज गीतहरु आउने क्रम पनि जारी छ ।

नेपाली नारीहरुको पहिचान र मौलिकताका रुपमा लिने गरेको यो तीज पर्वले हर नारीलाई परिवर्तन गरेको छ । तीजका गीतहरु बजारमा आइरहेका बेला संगीनी ग्रुपले पनि निकै नै रोमान्टिक र मौलिक तीज गीत बजारमा ल्याएको छ । जसको भिडियोलाई चयन मगर गुरुङको यूट्यूब च्यानल  मार्फत सार्वजनिक गरिएको हो ।

सर्जक किरण बाबु पुनको शब्द तथा लय रहेको मौलिक तीज गीत ‘संगिनी’ बोलको गीतमा गायिका चयन मगर र आशा पुन मगरको स्वर सुन्न सकिन्छ । केशव वडुले एरेन्ज गरेको गीतलाई सागर पुनले रेकर्ड गरेका हुन् भने  कुमार सानुले मिक्सिङ गरेका छन् ।

शंकरा स्टुडियोमा रेकर्ड गरिएको गीतलाई संगिनी ग्रुपले बजार ब्यबस्थापन गरेको हो । उक्त भिडियोमा रिना थापा, केशु पुन, प्रिया मगर र निर्मला वलीको उत्कृस्ट अभिनय रहेको छ ।

नेपाली चेलीहरुको कथावस्तुमा आधारित रहेको मौलिक तीज गीतमा साथी संगिनीले बालापनमा गरेका हरेक क्रियाकलापलाई नजिकबाट नियालेर भावमा समेट्न खोजिएको छ । विशेष गरी यस (भिडियो) गीतले तीजमा साथीसंगी मिलेर रमाइलो गर्नुपर्छ भन्ने यथार्थलाई गीतकार किरण बाबु पुनले शब्दमा उतारेका छन् ।

केशु पुनको निर्देशन रहेको भिडियोलाई करण चइसरले छायाकंन गरेका हुन् । मनोज कार्कीले भिडियो सम्पादन गरेका छन् ।