मनोरञ्जन

‘कमेडी च्याम्पियन सिजन-२’ का लागि डिजिटल अडिसन खुला

चर्चित कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन नेपाल’को दोस्रो संस्करणका लागि अडिसन खुला भएको छ ।

कमेडी च्याम्पियन नेपालले सोमवारदेखि डिजिटल अडिसन खुला गरेको हो । अडिसनका लागि कमेडी च्याम्पियनको एपका गएर चार मिनेट ५९ सकेन्ड सम्मको भिडियो अपलोड गर्नु पर्नेछ ।

डिजिटल अडिसन असोज १४ गतेसम्म खुला रहने छ ।

सिजन-२ मा पनि सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक रहनेछन् । त्यस्तै, यसको सञ्चालन रीमा विश्वकर्माले नै गर्नेछिन् ।

उत्कृष्ट १५ जना प्रतिस्पर्धी छानिए पछि भोटिङ राउन्ड सुरु हुनेछ । विजेताले २५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

गत सिजनमा हिमेश पन्त विजेता बनेका थिए।

Comment here