मनोरञ्जन

गायक भुवन सागरको तिहारको कोशेली ‘खेलेर देउसी र भैलो’ सार्वजनिक (भिडियो सहित)

नेपालीहरुको दोस्रो ठूलो चाड तिहारलाई लक्षित गरेर मौलिक गीतहरु बजारमा आइरहेका बेला गायक तथा सर्जक भुवन सागर मगरको तिहार कोसेली ‘खेलेर देउसी र भैलो’ गीतको भिडियो सार्वजनिक भएको छ ।

उक्त भिडियोलाई पबित्रा मगरको यूट्यूब च्यानल मार्फत सार्वजनिक गरिएको हो । गायक तथा सर्जक भुवन सागर मगरको शब्द तथा लय रहेको मौलिक तिहार गीत ‘खेलेर देउसी र भैलो’ बोलको गीतमा स्वयमं गायक भुवन सागर मगर, चुमान काउछा मगर र पबित्रा मगरको स्वर रहेको छ ।

चुमान काउछा मगरले गीतको एरेन्ज गरेका हुन् । उक्त गीतको भिडियोमा याम गुरुङ, निर आले मगर, प्रिया मगर र निर्मला ओलीको अभिनय रहेको छ ।

नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरेर निर्माण गरिएको मौलिक तिहार गीतमा तिहारमा साथी संगीसँग देउसी भैलो खेलेर रमाईलोे गरेका हरेक क्रियाकलापलाई भावमा समेट्न खोजिएको छ । विशेष गरी यो गीतले तिहारमा साथीसंगी मिलेर रमाइलो गरेको यथार्थलाई गीतकार भुवन सागर मगरले शब्दमा उतारेका हुन् ।

दशैँ पछिको दोस्रो पर्व तिहार नेपालीहरुको कला, सस्कृति  र मौलिकतालाई प्रस्तुत गर्नको लागि आफूले सो गीतलाई फरक तरिकाबाट प्रस्तुत गरिएको भुवनले बताए । यो गीतले आपसी सदभाव देखाएको छ ।

अमर सुनारको निर्देशन रहेको भिडियोलाई राम सिहं भाटले छायाकंन गरेका छन् । लोकेश भाटले भिडियो सम्पादन गरेका छन् ।

Comment here