गायक उदीत नारायणका छोरा गायक तथा कार्यक्रम उद्घोषक आदित्य नारायण आज बैवाहिक जीवनमा बाँधिदैछन् ।
उनी आफ्नी प्रेमिका श्वेता अग्रवालसँग बिवाह गर्दैछन् । श्वेतासँग आदित्य करिब ११ वर्षदेखि प्रेम सम्बन्धमा छन् ।
आदित्य र श्वेता लामो समय प्रेम सम्बन्धमा रहेको बताइन्छ । २०१० मा ‘शापित’ फिल्ममा काम गर्दा उनीहरूको पहिलोपटक भेट भएको थियो । ‘शापित’ उनीहरू २ जनाको नै डेब्यु फिल्म हो । यहीबाट उनीहरुको प्रेमको सुरुवात भएको थियो ।
कोरोना भाइरस महामारीको कारण आदित्य र श्वेताको बिवाह एक मन्दिरमा हुने छ । जहाँ ५० जना भन्दा कम मानिसहरु सहभागी हुनेछन् ।
गायन र अभिनयसहित आदित्य रियालिटी शोमा उद्घोषणका लागि पनि लोकप्रिय छन् । त्यसैगरी श्वेताले पनि दक्षिण भारतीय फिल्मका हस्ती प्रभास र किच्छा सुदिप लगायत अन्य अभिनेताहरूसँग काम गरिसकेकी छन् ।