logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सपना रोकालाई गायिका तथा समाजसेवी आशा पुनद्वारा दश हजार आर्थिक सहयोग


अंकुरण खबर
1.443K
Shares

बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगरलाई थप हौसला प्रदान गर्नको लागि लोक दोहोरी गायिका तथा समाजसेवी आशा पुन मगरले आर्थिक सहयोग गरेकी छन् ।

गायिका पुनले रोकालाई रु. दश हजार रुपैयाँ नगद (१००००) आर्थिक सहयोग गरेकी हुन् । रुकुम (पूर्व) स्थायी घर भई हाल काठमाडौंमा बस्दै आएकी गायिका आशा पुन मगरले यति सानै उमेरमा सपनाले देखाएको हिम्मत र  साहसिक कामको कदर गर्दै थप राम्रो कार्यको लागि हौसला पुगोस् भनेर उक्त रकम  हस्तान्तरण गरेकी हुन् ।

सपना ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को प्रभावशाली महिलाको सूचिमा परेकी छन् । उनी सन् २०२० को १०० प्रभावशाली महिलाको सूचि परेकी हुन । सपनाले तीन दर्जन भन्दा बढी बेवारिसे शव जलाइसकेकी छन् ।