अभिनेत्री श्वेता खड्काले आज (सोमबार) विवाह गर्दै छिन्।
उनले धनगढीका विजयेन्द्रसिंह रावतसँग लगनगाँठो कस्न लागेकी हुन् । काठमाडौँको गोकर्ण फरेष्ट रिसोर्टमा विवाहको कार्यक्रम आयोजना गरिएको छ ।
सिन्दुर हाल्नुअघि श्वेताले आफ्नो फेसबुक अकाउन्टमा आज बिहानै आफ्नो मेहेन्दी कार्यक्रमका केही तस्बिर सार्वजनिक गरेकी छिन् । फोटो सेयर गर्दै उनले लेखेकी छिन्, ‘ मेहेन्दीको रङहरुसँगै खुल्दै छु म, जीवनको नयाँ पानाहरुमा भुल्दै छु म…’।









नायिका खड्काले यसअघि नायक श्रीकृष्ण श्रेष्ठसँग २०७१ असार २३ गते विवाह गरेकी थिइन्। तर क्यान्सरका कारण एक महिनापछि नै श्रेष्ठको निधन भएको थियो। त्यसको ६ वर्षपछि नायिका श्वेता दोस्रोपटक विवाह बन्धनमा बाँधिन लागेकी हुन्।