अभिनेत्री श्वेता खड्का सोमबार धनगढीका विजयेन्द्रसिंह रावतसँग विवाहबन्धनमा बाँधिएकी छिन्।
गोकर्ण रिसोर्टमा दुई परिवारका सदस्य सीमित निम्तालुकाबीच उनले वैवाहिक जीवन सुरू गरेकी हुन्। श्वेताको विवाहको तस्बिरहरू भने सार्वजनिक भइरहेका छन् ।
विवाहमा उनी रातो पहिरनमा सजिएकी देखिन्छ । विजयन्द्र भने सेतो दौरासुरुवालमा सजिएका छन् ।
अभिनेत्री खड्काले आफ्नो मेहेन्दीको फोटो पनि सार्वजनिक गरेकी थिइन् ।
तस्विरः सामाजिक सञ्जालबाट


