logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अंशिका शर्माले जितिन् मिस युनिभर्स नेपालको उपाधि


अंकुरण खबर
1.326K
Shares

‘मिस युनिभर्स नेपाल २०२०’ को उपाधि अंशिका शर्माले जितेकी छिन् ।

२४ बर्षीया शर्माले १७ जना प्रतिस्पर्धीहरुलाई पछी पार्दै मिस नेपाल युनिभर्स २०२० को उपाधि जितेकी हुन् ।

बुधबार राति भएको फाइनलमा शर्मासहित मस्को निवासी निनाकान्ता मण्डल, अमेरिका निवासी सुजिता बस्नेत, काठमाडौं निवासी दिक्ता थापा र विराटनगरनिवासी न्यान्सी खड्का रहेका थिए ।

शर्माले ४ प्रतिस्पर्धीलाई उछिन्दै  ‘मिस युनिभर्स नेपाल २०२०’ को उपाधि जितेकी हुन् । मिस युनिभर्स नेपाल प्रतियोगिताको निर्णायकमा माल्भिका सुब्बा, अनुपमा खुञ्जेली, चारु चड्डा, अभया सुब्बा, उषा रजत र प्रेरणा शाहरहेका थिए ।

उपाधि जितेकी अष्ट्रेलियानिवासी शर्माले १० लाख नगद र १५ लाख बराबरको क्राउन पाएकी छिन् ।

प्रतियोगितामा सुजिता बस्नेत पहिलो रनरअप बनिन् । दोस्रो रनरअप निनाकान्त मण्डल बनिन् भने तेस्रो रनरअप दीप्ता थापा बनिन् । टप फाइभमा न्यान्सी खड्का पनि परेकी थिइन् ।

प्रतियोगितामा नेपालका विभिन्न जिल्लाका साथै संसारका विभिन्न स्थानमा बस्ने नेपाली युवतीहरु सहभागी भएका थिए।