पछिल्लो सफल नेपाली फिल्म ‘आमा’ यूट्युबमा रिलिज भएको छ । दीपेन्द्र के. खनालको निर्देशनमा बनेको फिल्म ‘आमा’ लाई बुढासुब्बा डिजिटलको आधिकारिक युट्यूव च्यानलले शुक्रबार रिलिज गरेको हो ।
फिल्ममा सुरक्षा र मिथिलासहित देशभक्त खनाल, सरिता गिरी, लक्ष्मी भुषाल, टीका पहारी आदि लगायतका कलाकारहरुले अभिनय गरेका छन् । फिल्ममा अभिनेत्री मिथिला शर्माले आमाको भूमिका निर्वाह गरेकी छिन् भने अभिनेत्री सुरक्षा पन्त शर्माकी छोरीको भूमिकामा छिन् ।
फिल्ममा अस्पतालको शैयामा जीवन र मृत्युको दोसाँधमा छट्पटिरहेका पितालाई बचाउन एक छोरीले गर्ने त्याग, समर्पण र संघर्षलाई देखाइएको छ । फिल्ममा अभिनेत्री सुरक्षाले पिताको दाहसंस्कार गर्न कपाल खौरिएको दृश्यले दर्शकलाई भावुक बनाउँछ ।
निर्देशक दीपेन्द्र के. खनालकै लेखन तथा छायाँकनमा यो फिल्म तयार पारिएको हो । फिल्मकी निर्मात्री शर्मिला पाण्डे हुन् ।
फिल्ममा भुपेन्द्र खड्काद्वारा रचना गरिएको गीत समावेश छ भने सुभाष भुषालको संगीत रहेको छ । फिल्मका सह-निर्मातामा सन्तोष अधिकारी हुन् ।