नायिका सुष्मा कार्की आफूमाथि कुटपिट भएको भन्दै प्रहरीमा उजूरी दिन पुगेकी छन् ।
काठमाडौंको लण्डन पब क्याफेमा आफूमाथि हातपात र गालीगलौज भएको भन्दै उनले महानगरीय प्रहरी वृत, दरबार मार्गमा उजूरी दिएकी हुन् ।
प्रहरीका अनुसार उनले आफूमाथि आरती खड्का र पत्रकार उत्सव रसाइलीले हातपात गरेको र गाली गरेको आरोप लगाएकी छन् । आरती नायिका स्वेता खड्काकी बहिनी हुन् ।
नायिका सुष्मा कार्कीले आफूलाई उत्सवले गाली गलौज गरेको र आरतीले कुटपिट गरेको बताइन् ।
यसबारेमा सुष्मासँग बुझ्न खोज्दा आफू प्रहरी परिसरमा रहेको बताइन् । ‘मसँग सबै भिडियो रेकर्डहरु छ । अब, जे बोल्छ भिडियोले नै बोल्छ’ उनले भनिन् ।
सुष्माले सोमबार राति निवेदन दिएको प्रहरीले जनाएको छ ।