logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रेममा रहेको खुलाउँदै इन्दिराले लेखिन्-‘हामी २ बर्षदेखी एकसाथ छौं’


अंकुरण खबर
910
Shares

नेपाली सांगीतिक बजारमा गायिका इन्दिरा जोशीको चर्चा राम्रै छ । पछिल्ला केहि वर्ष यता गायन रियालिटी शो ‘नेपाल आइडल’को निर्णायक बनेपछि उनका चर्चा झनै चुलिएको छ ।

उनी सरहका अन्य कलाकारको विहे र प्रेमको चर्चा चल्दा उनलाई पनि प्रेम र विहेका बारेमा प्रश्न गरिन्थ्यो । उनी आफू प्रेममा नरहेको बताउँथिन् ।

तर, गायिका जोशी २ वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ । उनले सामाजिक सञ्जालमा एक तस्वीरसहित आफू दुई वर्षदेखि प्रेममा रहेको जानकारी दिएकी छिन्।

प्रेमीको हात समाएको तस्वीर राख्दै उनले लेखेकी छिन्, ‘मलाई म तिम्रो स्टार र तिमी मेरो चन्द्रमा भन्छन् । हामी २ वर्षदेखि एकसाथ छौं र अझै कैयौं वर्ष एकसाथ अगाडि बढ्ने वाचा गरेका छौँ । जिन्दगीको अन्तिम श्वास रहेसम्म हामी एकसाथ हुनेछौँ ।’

गायिका जोशीले फेसबुक मार्फत आफू प्रेममा रहेको बताएपछि धेरै सेलिब्रेटीहरुले उनलाई बधाई तथा शुभकामना दिइरहेका छन्।

प्रेमीले लगाइदिएको औँठी सार्वजनिक गरेपनि इन्दिराले प्रेमीको तस्वीर सार्वजनिक गरेकी छैनन् ।