मनोरञ्जन

म्युजिक भिडियोमा जमेका पल र मलिका अब  फिल्ममा पनि

अभिनेता पल शाह र अभिनेत्री मलिका महत म्युजिक भिडियोपछि फिल्ममा पनि सँगै देखिने भएका छन् ।

‘फुलबुट्टे सारी’ गीतमा पहिलो पटक काम गरेका पल र मलिकाको यो गीतलाई यूट्युबमा अहिलेसम्म तीन करोडभन्दा बढी हेरिसकिएको छ ।

यि जोडीलाई म्यूजिक भिडियोमा रुचाइएपछि फिल्मका लागि अपर आउन थालेको छ । पल र मलिकाको जोडी बाँधेर ‘फुलबुट्टे साडी र टाढा भए पनि’ गरी दुईवटा म्यूजिक भिडियो निर्माण गरेको केन्द्र मोशन पिक्चरस्ले उनीहरुलाई लिएर फिल्म निर्माण गर्ने जानकारी दिएको छ ।

यो जोडीलाई लिएर हाल पोखरामा फिल्मको स्क्रिप्टको काम भइरहेको केन्द्र मोशनका सागर लामिछाने मगरले जानकारी दिएका छन् ।

फिल्मको स्क्रिप्टको काममा निर्देशक तथा कलाकार माओत्से गुरुङले गरिरहेका छन् । फिल्मको निर्देशन पनि उनैले गर्नेछन् । फिल्मलाई ६ महिनापछि छायांकन गर्ने निर्माणपक्षको भनाई छ ।

अभिनेत्री मलिकाले  ‘यात्रा’ फिल्ममा डेब्यू गरेकी थिइन् । यस फिल्ममा उनको अभिनय र सुन्दरताको निकै प्रशंसा भएको थियो । उनको दोस्रो फिल्म ‘पानीफोटो’ प्रदर्शनको तयारीमा रहेको छ ।

Comment here