अभिनेत्री मनीषा कोइरालाले गाएको महामृत्युंजय मन्त्र (भजन) सार्वजनिक भएको छ।
महाशिवरात्रिको अवसर पारेर कोइरालाले बिहीबार भजन सार्वजनिक गरेकी हुन्।
संस्कृत भाषाको भजनको लय भने परम्परागत हो । भजनमा अभिनेत्री कोइराला स्वर रहेको छ जसमा सरस्वती खत्री र सुरेन्द्र सुरसुधाले साथ दिएका छन् ।
भजनमा सुरेन्द्र सुरसुधाको संगीत रहेको छ ।