मनोरञ्जन

युगान्डाकी गायिकाले गाइन् ‘फूलबुट्टे सारी’ (भिडियो सहित)

पछिल्लो समय नेपाली सांगीतिक जगतमा  ‘फुलबुट्टे सारी’ गीतले धुम मच्चायो । यो गीतलाई हालसम्म ४ करोड भन्दा बढीले हेरिसकेका छन् ।

उक्त चर्चित गीत ‘फूलबुट्टे सारी’लाई अफ्रिकी महिलाको स्वरमा पनि सुन्न पाइने भएको छ । युगान्डाकी गायिका दे क्वाप्टेन वियोन्स फमासीले यो गीतको कभर गरेकी हुन् । उक्त गीतको भिडियो डिका इन्टरटेन्टमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

युटुबमा उनको भिडियोलाई २ लाख बढीले हेरिसकेका छन् । टिकटकमा पनि उनको स्वर भाइरल भैरहेको छ । वियोन्सले भिडियोको सुरुवातमा विश्वका सबै सुन्दर मान्छेहरुका लागि गीत समर्पित गरेको उल्लेख गर्दै अझ विशेष रुपमा नेपालीका लागि गीत गाएको उल्लेख गरेकी छन् ।

यो गीतको भिडियोको छायांकन भने नेपालमा नै गरिएको हो । डिका गुरुङले निर्देशन गरेको भिडियोमा वियोन्सले नै अभिनय गरेकी छन् ।

यो गीतको ओरिजिनल गायक मार्मिक लामा हुन । हालसम्म मिलन नेवार, अरिष्मा सिवाकोटी, मदन कृष्ण श्रेष्ठको स्वरमा यो गीत आईसकेको छ ।

यो गीतको रचनाकार र संगीतकार राजनराज सिवाकोटी हुन् ।

Comment here