मनोरञ्जन

टिम प्रमोदबाट किरण गजमेरले जिते द भ्वाइस अफ नेपालको उपाधि

नेपालकै नम्बर वान सिंगिङ रियालिटी शो द भ्वाइस अफ नेपालको उपाधि किरण गजमेरले जितेका छन्।

गएराति भएको फाइनलमा तीन प्रतिष्पर्धीलाई भोटका आधारमा पछि पार्दै टिम प्रमोदबाट गजमेरले उपाधि जितेका हुन् । उनले उपाधिसहित नगद २५ लाख रुपैयाँ प्राप्त गरेका छन्।

फाइनलमा टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जीलिङका आर्यन तामाङ  र टीम तृष्णाबाट ज्वाला पुगेका थिए । उनीहरुले पनि द भ्वाइसको ट्रफी पाएका छन् ।

दर्शकलाई भोट दिन एक साता सयम दिइएको थियो । उनलाई एसएमएस र अनलाइनमार्फत संसारभर रहेका नेपालीले भोट दिएका छन् । फाइनल एपिसोडमा चारै जनाले प्रस्तुत राखेका थिए ।

किरण द भ्वाइस अफ नेपालकै लागि अमेरिकाबाट नेपाल आएका थिए । उनी आठ महिनादेखि नेपालमै छन् ।

टिम प्रमोदको प्रतिस्पर्धीले लगातार दोश्रो पटक गायन रियालिटी शोको टाइटल जितेका छन् ।

यसअघि पनि टिम प्रमोदबाटै राम लिम्बूले यो उपाधि जितेका थिए ।

Comment here