logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कलाकार शम्भुराज थापा ‘बखते’को कोरोना संक्रमणबाट निधन


अंकुरण खबर
1.521K
Shares

हास्य कलाकार शम्भुराज थापा ‘बखते’को कोरोना संक्रमणबाट निधन भएको छ।

कोरोना संक्रमण भएर ललितपुरको पाटन स्पतालमा उपचाररत थापाको ६४ वर्षको उमेरमा शनिबार बिहान निधन भएको हो।

थापा पछिल्लो समय चर्चित हास्य टेलिचलचित्र ‘हल्का रमाइलोमा’ बखते काका र ‘गोलमाल’मा खुइलीको बाको भूमिकामा चर्चित थिए।

थापाले ‘भद्रगोल’, ‘मेरी बास्सै’ ‘मह सन्चार’ लगायत थुप्रै सिरियल र चलचित्रमा अभिनय गरिसकेका छन्। उनका श्रीमती, एक छोरो र एक छोरी छन् । थापाको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ।