चलचित्र निर्देशक सुदर्शन थापाले इन्गेजमेन्ट गरेका छन् । उनले मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवालसँग इन्गेजमेन्ट गरेका हुन् ।
सुदर्शनको जन्मदिनको अवसर पारेर उनीहरुले आज एकअर्कासँग औंठी साटेका हुन् । केही समयदेखि प्रेममा रहेका सुदर्शन सुप्रियाले काठमाडौंको र्याडिसन होटलमा औंठी साटासाट गरेका छन् ।
इन्गेजमेन्ट कार्यक्रममा सुदर्शन तथा सुप्रियाको पारिवारिक उपस्थिति थियो । सुदर्शन र सुप्रियाको बिहे भने १ असोजमा गर्ने तय भएको छ ।
थापा मेरो एउटा साथी छ, प्रेमगीत, म यस्तो गीत गाउछु लगायतका हिट चलचित्रका निर्देशक हुन् । उनले केही चलचित्रमा अभिनय समेत गरेका छन् ।
सुप्रियाले केहि म्यूजिक भिडियोका साथै ‘साँढे सात’ नामक चलचित्रमा अभिनय गरेकी छन् । सुप्रिया एपी वान टेलिभिजनमा कार्यरत छन् ।