मनोरञ्जन

अभिनेत्री ऋचा शर्मा बनिन् आमा, जन्माईन् छोरा

अभिनेत्री तथा निर्मात्री ऋचा शर्मा आमा बनेकी छन् ।

कमेडी च्याम्पियन नामक रियालिटी शोकी निर्णायक समेत रहेकी अभिनेत्री शर्माले छोरालाई जन्म दिएकी हुन् । कमेडी च्याम्पियन टिमले सामाजिक सञ्जालमार्फत यसबारेमा जानकारी गराएको हो ।

अभिनेत्री शर्माले टलकजंग भर्सेस टुल्के, उमा, लुट लगायतका चलचित्रमा अभिनय गरेकी छिन् । उनी सुनकेस्रा चलचित्रका निर्मात्री समेत हुन् ।

गर्भावस्थाको अन्तिम चरणका कारण गत शुक्रबाको कमेडी च्याम्पियनमा उनी उपस्थित भएकी थिइनन्।

Comment here