मनोरञ्जन

गायक बिष्णुहरि भण्डारीको दशैँको कोशेली ‘प्रदेशी’ सार्वजनिक (भिडियो सहित)

नेपालीहरुको ठूलो चाड दशैँलाई लक्षित गरेर मौलिक गीतहरु बजारमा आइरहेका बेला गायक तथा सर्जक बिष्णुहरि भण्डारीको दशैँ कोसेली ‘प्रदेशी’ गीतको भिडियो सार्वजनिक भएको छ ।

घटस्थापनाको दिन पारेर सार्वजानिक गरिएको उक्त भिडियोलाई बि एण्ड टी इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजानिक गरिएको हो । गायक तथा सर्जक बिष्णुहरि भण्डारीको शब्द तथा लय रहेको मौलिक दशैँ गीत ‘प्रदेशी’ बोलको गीतमा स्वयमं भण्डारीको स्वर रहेको छ ।

उक्त गीतको भिडियोमा सुरेन थापा, प्रमिला ढकालको मुख्य अभिनय रहेको छ भने सुदर्शन गुनि, पोष्टकुमारी थापा, कमला माया पण्डित, राजन कार्की, नारायण केसी, कमल अधिकारी लगायत कलाकारको बेजोड अभिनय प्रदर्शन गरिएको छ ।

हाल अमेरिकाको न्युयोर्क शहरमा रहेका नेपालीहरुले यो गीत प्रस्तुत गरेका हुन् । नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरेर निर्माण गरिएको मौलिक दशैँ गीतमा बालापनमा बिताएका साथी संगी, परिवार र बुढी आमासँग रमाईलो गरेका हरेक क्रियाकलापलाई भावमा समेट्न खोजिएको छ ।

विशेष गरी यो गीतले पर्देशमा जीवन विताएका नेपालीहरु छिट्टै घर फर्किने र आफ्नै कथा ब्यथालाई आफ्नै गाउँ घरमा साथीसंगी मिलेर रमाइलो गरेको यथार्थलाई गीतकार बिष्णुहरि भण्डारीले शब्दमा उतारेका हुन् ।

नेपालीहरुको कला, सस्कृति र मौलिकतालाई प्रस्तुत गर्नको लागि आफूले सो गीतलाई फरक तरिकाबाट प्रस्तुत गरिएको र यस गीतले आपसी सद्भाव बढाउने उनको भनाई छ ।

ओम कर्माचार्यको निर्देशन रहेको भिडियोलाई ओम कर्माचार्यले नै छायाकंन र भिडियो सम्पादन गरेका छन् । ॐ मेगा रेकर्डिङ्ग स्टुडियोले संगित संयोजन गरेको छ ।

https://youtube.com/channel/UCTEXZ9Y4jillrGqeW9coQsw

Comment here