अन्तर्राष्ट्रियस्वास्थ्य

अमेरिकामा ५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि फाईजर खोप लगाउन स्वीकृती

अमेरिकाले ५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि फाईजर खोप लगाउन स्वीकृत गरेको छ ।

रोग नियन्त्रण तथा उन्मुलन केन्द्र (सीडीसी)ले १२ वर्ष माथिका बालबालिकाका लागि खोप अनुमोदन गरेको हो । यो खोपले अनुमति पाएसंगै त्यहाँ दुई करोड ८० लाख बालबालिकाले फाइजर खोप लगाउने भएका छन् । यसअघि १२ वर्षमाथिका बालबालिकालाई त्यहाँ फाइजर खोप लगाइएको थियो ।

यसअघि सीडीसीका विज्ञको एउटा टोली र त्यहाँको खाद्य तथा औषधी प्रशासन (एफडीए)ले पाँच वर्ष माथिका बालबालिकालाई फाइजर खोप लगाउन सकिने जनाएका थिए ।

यो खोप कोभिड नियन्त्रणका लागि खोप ९१ प्रतिशत प्रभावकारी रहेको विज्ञले जनाउँदै आएका छन् । खोपको कुनै ‘साईड इफेक्ट’नरहेको बताएका छन् ।

Comment here