गायिका पाल्मु शेर्पा ‘दार ठेकीको’ बोलको गित बजारमा ल्याएकी छिन् ।
सो गीतमा जीवन बोम्जनको शब्द, अमृत लामाको संगीत रहेको छ भने गायिका पाल्मु शेर्पालाई प्रदीप लामाले स्वरमा साथ दिएका छन् ।
प्रकाश वाइबाको निर्देशन गीतको भिडियो पनि बनाइएको छ भने राज किङ वाइबा कोरियोग्राफी गरेका छन् ।
सो गीतको भिडियोको छायाङ्कन सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँपालिकाको बगम र छगम गाउँमा गरिएको छ ।
भिडियोमा छोङ्गपो रिञ्छेन शेर्पा र मिङ्गमर डोमा शेर्पाले अभिनय गरेका छन् भने रोशन क्युबाले सम्पादन तथा निर्देशन गरेका छन् ।