logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

केकी अधिकारीको जन्मदिनमा ‘सिल्ली फो’ को इन्डक्ल्याप


अंकुरण खबर
871
Shares

अभिनेत्री केकी अधिकारीको शुक्रबार परेको जन्मदिनको अवसरमा उनी अभिनित फिल्म ‘सिल्ली फो’ को इन्डक्ल्याप गरिएको छ ।

निर्देशक राजबहादुर सानेको निर्देशनमा निर्माण भएको फिल्मको केही समययता नेपालगञ्ज आसपास छायांकन भइरहेको थियो ।

निर्देशक सानेले कमेडी जनरामा निर्माण भएको फिल्मले केकीलाई जन्मदिनको शुभकामना दिँदै छायांकन पूरा गरेको बताए ।

फिल्ममा केकीका अलावा धिरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल, दीपक थापा, पूर्णचन्द्र पोखरेल, अनिता लामिछानेलगायतका कलाकारको अभिनय छ ।

फिल्मबाट दिनेश रेग्मी, भूगोल कार्की र रमेश बजगाईले अभिनयमा डेव्यु गर्दैछन् ।  ह्याप्पी फिल्मको व्यानरमा निर्माण भएको फिल्मका निर्माता मनोज डिके हुन् ।

विशाल श्रेष्ठ र सागर विष्ट सहनिर्माता रहेको फिल्ममा रवि केसीको मेकअप, शिव विकको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व, दिव्यराज सुवेदीको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन छ । फिल्मका सहायक निर्देशक विशाल बराल र केशव शर्मा हुन् ।