logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

‘के छ खबर’ म्युजिक भिडियो सार्वजनिक


अंकुरण खबर
949
Shares

गीतकार हिराकाजी थापा र संगीतकार नागेन्द्र श्रेष्ठको सहकार्यमा तयार भएको  ‘के छ खबर’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

पहिलो नेपाल आइडल बुद्ध लामा र गायिका सुनिता कार्कीको स्वर रहेको सो म्युजिक भिडियालाई गायक थापाले निर्देशन गरेका हुन् । भिडियोमा मोडल उषा उप्रेती र अभिनेता सागर खनालको अभिनय छ ।

लामो समय देखि एकअर्काको प्रेममा रहेका एक जोडीको रोमाञ्चक प्रेम कहानीलाई उषा र सागरका माध्यमबाट निर्देशक हिराकाजी थापाले कलात्मक शैलीमा देखाएका छन् । उक्त गीतमा थापाकै शब्द सृजना रहेको छ ।

राहुल प्रधानको संगीत संयोजन रहेको गीतमा वरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठको संगीत छ ।

प्रमोद भण्डारीको  कोरियोग्राफी रहेको गीतको भिडियोको छायांकन सागर प्रधानले गरेका हुन् भने सम्पादन अनिल राना मगरले गरेका हुन् ।