logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

बलिउड सिनेमा ‘८३’को टिकट एक मिनेटमै १५ हजार वटा बिक्यो


अंकुरण खबर
2.431K
Shares

मुम्बई/ बलिउड सिनेमा ‘८३’ को टिकट एक मिनेटमै १५ हजार वटा बिक्री भएको छ ।

यो सिनेमामा सन् १९८३ मा भारतीय क्रिकेट टिमले विश्वकप जितेको विषयलाई बोकेको छ ।

सिनेमामा रणवीर सिंह, दीपिका पादुकोण, एमी विर्क, हार्डी संधु, पंकज त्रिपाठी, जतिन सरनाजस्ता कलाकारले अभिनय गरेका छन् । फिल्मका निर्देशक कवीर खान हुन् ।

कोरोना महामारी पछिको पहिलो डिसेम्बर महिना भारतीय सिने क्षेत्रका लागि विशेष उपहार लिएर आएको छ ।

यो महिना ‘पुष्पा’, ‘स्पाइडरमेन’ जस्ता फिल्म प्रदर्शन भएका छन् भने ‘८३’ र ‘जर्सी’ रिलिजको तयारीमा छन् । अधिकांश फिल्ममा दर्शकको क्रेज जबरदस्त छ ।

हालै रिलिज फिल्म ‘पुष्पा’ र ‘स्पाइडरमेन’ले बक्स अफिसमा हरियो झण्डा गाडिसकेको छ । त्यहीकारण निर्माताहरूलाई फिल्म ‘८३’प्रति ठूलो आशा छ । यो सिनेमाको लागि एड्भान्स बुकिङ सुरू भइसकेको छ । बुकिङ अनुपात आफैमा उत्साहजनक देखिएको छ ।

आइतबारबाट फिल्मको एड्भान्स बुकिङ खुलेको हो । एड्भान्स बुकिङको ट्रेण्ड हेर्दा फिल्मले बुकबाट नै करिब १० करोड अधिक कमाउने विश्लेषकहरूको अनुमान छ ।

फिल्म क्रिसमसको अघिल्लो दिन रिलिज हुँदैछ । त्यहीकारण फिल्म रिलिजको दिन पनि टिकटको बिक्रीदर उच्च हुने व्यापार विश्लेषकहरूको बुझाइ छ ।