logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माघ अन्तिममा नेपाल ग्रामीण चलचित्र महोत्सव


अंकुरण खबर
1.053K
Shares

सेलिब्रेटी नेपालले आगामी माघको अन्तिम साता तीन दिने ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ आयोजना गर्ने भएको छ ।

ग्रामीण बजारमा नेपाली फिल्मलाई पु¥याएर पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य आयोजकले राखेका छन् । महोत्सवस्थल भने आयोजकले हालसम्म तोकेका छैनन् ।

महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी सर्ट फिल्म, डकुमेन्ट्री र फिचर फिल्मलाई ग्रामीण क्षेत्रका दर्शकमाझ प्रदर्शन गरिने र उत्कृष्ट फिल्मलाई अवार्ड दिइने बताए ।

उनका अनुसार विभिन्न भाषाभाषीका फिल्म तथा मोबाइलबाट खिचिएका फिल्मलाई पनि प्रदर्शन गरिने महोत्सवमा स्थानीयसँग फिल्मको विविध पक्षबारे अन्तरक्रिया पनि गरिनेछ ।