logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

‘कठपुतली’ प्रदर्शनमा


अंकुरण खबर
1.638K
Shares

हिजो आज शुक्रबार देखि देशभरका चलचित्र घरहरुमा एकै पटक फिल्म ‘कठपुतली’  प्रर्दशन भएको छ ।

भिमसेन लामाले निर्देशन गरेको उक्त चलचित्र   ‘कठपुतली’ मा गौरी मल्ल, मिथिला शर्मा, शिल्पा मास्के, कर्मा, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको अभिनय रहेको छ  ।

एक राजकुमारले एक विकट ठाउँको दरबार भित्र सामना गर्नु परेका रहस्यका कथा हरुलाई उक्त चलचित्रमा देखाइएको छ । सो चलचित्र पृथ्वी रानामगरले निर्माण गरेका हुन भने लेखन सम्पदा मल्लको रहेको छ । अस्ट्रेलियाका सिनेमाटोग्राफर जोएल फ्रूमले छायांकन गरेका छन् । फिल्मको सह–निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा रहेका छन् ।