logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पुसको ठण्डी जस्तै चिसिएको जितु र फुलन्देको आमाको सम्बन्ध


अंकुरण खबर
1.508K
Shares

केही समय अघिसम्म नेपाल टेलिभिजनबाट प्रसारण भएको र चर्चा कमाउन सफल कार्यक्रम हो ‘मुन्द्रेको कमेडी क्लब’ ।

तर, यो कार्यक्रम अहिले बन्द छ । कार्यक्रमका विषयमा देखिएको विवाद केही समय अघिसम्म सामाजिक सञ्जाल र समाचारमा छाइरहेका थिए ।

‘मुन्द्रेको कमेडी क्लबु बन्द हुनाको पछाडि उक्त शोका प्रमुख पात्र मध्येका एक उमेश राई अर्थात’फुलन्देको आमा’भएको चर्चासमेत चलेको थियो ।

कार्यक्रमका सञ्चालक जितु नेपालले पत्रकार सम्मेलन आयोजना गरेर नै राईले बिना जानकारी शो छाडेको बताए। दुवैको वाकयुद्ध केहि समय सञ्चारमाध्यमहरुमा देखिएको थियो । यतिबेला उमेश ‘डान्स च्याम्पियन’को होस्टको रुपमा रहेका छन्। डान्स च्याम्पियन पनि मुन्द्रेको कमेडी क्लब निर्माण गरेको कम्पनीले बनाएको हो ।

जितु फेरि मुन्द्रेको कमेडी क्लब संचालनको तयारीमा रहँदा फुलन्देको आमा भने अर्को शोसंग पनि जोडिएका छन् ।

उक्त कार्यक्रमको घोषणा समारोहमा फुलन्देको आमालाई मुन्द्रेको कमेडी क्लबको नयाँ स्वरूप र यसको उपस्थितिको बारेको सोधिएको थियो । उनले आफूलाई उक्त शोको बारेमा जानकारी नभएको र कुनै सम्पर्क समेत नभएको बताएका छन् । यसबाट पनि जितु र उनको सम्बन्ध चिसिएको प्रस्ट हुन्छ ।