logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

‘८३’ फ्लप भए पछि बायोपिक फिल्मबाट टाढिए रणवीर सिंह


अंकुरण खबर
754
Shares

भारतको ऐतिहासिक १९८३ विश्वक्रप क्रिकेट जितको कथामा आधारित रहेर बनाइएको फिल्म ‘८३’ ले बक्स अफिसमा आशातित व्यापार गर्न सकेन् ।

फिल्म असफल बने पछि उनले आगामी दिनमा कुनै पनि बायोपिक फिल्ममा अभिनय नगर्ने निर्णय लिएका छन् ।

अभिनेता रणवीर निकट स्रोतका अनुसार उनलाई कैयौं बायोपिक फिल्मको अफर थिए । जसमा मेघना गुलजारको ‘सेम मानेकशा’ पनि थियो । तर अब यो फिल्ममा विक्की कौशलले अभिनय गर्ने भएका छन् ।

रणवीरले बायोपिक फिल्ममा चासो नदेखाए पछि विक्कीको हातमा यो फिल्म पुगेको हो ।

उनले फिल्म ‘८३’मा कपिल देवको भूमिका निर्वाह गर्नु अघि सञ्जयलीला भन्सालीको ‘बाजीराव मस्तानी’, ‘पद्मावत’ जस्ता फिल्ममा वास्तविक जिन्दगीको भूमिका निर्वाह गरेका थिए । तर अब भने उनले अनिश्चितकालका लागि बायोपिक फिल्मसँग दूरी बढाएका छन् ।

फिल्म ‘८३’ पछि रणवीर ‘जयेशभाई जोरदार’ र करण जोहारको ‘रकी और रानीकी प्रेम कहानी’मा अभिनय गर्दैछन् । ‘जयेशभाई जोरदार’मा रणवीर दक्षिण भारतीय अभिनेत्री शालिनी पाण्डेसँग रोमान्स गर्दैछन् । करणको फिल्ममा उनको केमेष्ट्री आलिया भसँग हेर्न पाइनेछ ।