हरि उप्रेतीको शब्द, राजेशपायल राई, लोक पौडेल, अञ्जु पन्त र सुम्निमा इङ्नामको स्वर रहेको नेपाली चलचित्र ‘आकाशे खेती’को ‘चिटिक्कै परेर आइछ्यौ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
चलचित्रको यो गीतको भिडियोमा मुख्य कलाकारहरु गौरव पहारी, विल्सनविक्रम राई, बुद्धि तामाङ, नीता ढुङ्गाना, रविन्द्र झा, रमा लिम्बू लगायतले नृत्य गरेका छन् भने विकास चौधरीले संगीत रहेको छ ।
उदय सुब्बाको निर्देशन रहेको चलचित्रमा गौरव पहारी, विल्सनविक्रम राई, बुद्धि तामाङ, नीता ढुङ्गाना, रविन्द्र झा, रमा लिम्बू, जयनन्द लामा, शिशिर वाङ्देल लगायतको अभिनय रहेको छ ।
सो चलचित्रमा केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङबाङ, दिलप्रकाश याक्सो निर्माता रहेको चलचित्रमा उदयको कथा,विल्सनविक्रम राईको संवाद छ भने राजीव सिंहले कोरियोग्राफी गरेका छन् ।