अजयकुमार अधिकारीको शब्द तथा संगीत र सुरज शाही ठकुरीको स्वरमा रहेको गीत ‘आज म आइपुगे’ सार्वजनिक भएको छ ।
नेपाली लाहुरेको प्रेमकथामा आधारित ‘आज म आइपुगे’ मा सन्तोष अधिकारी र पूजा पन्तको अनिय रहेको छ । साथै घनश्याम लामिछाने र कृति अधिकारीले पनि अभिनय गरेका छन् ।
सो भिडियोमा निशान पौडेलको छायांकन, निशान कास्यपको निर्देशन र रहेको छ भने एएसएपी इन्टरटेनमेन्टले निर्माण गरेको हो ।